चट्याङ लागेर एक जनाको मृत्यु

न्युजलय २९ पुस २०७८, बिहिबार १०:५६ मा प्रकाशित

प्यूठान​ । चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । 

प्यूठान नगरपालिका–५ का स्थानीय ४६ वर्षीय गोरबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको हो।

बुधबार साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको जनाइएको छ ।