रामधुनी । रामधुनी नगरपालिकाले रामधुनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ।
कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारीहरुका साथै स्थानीय लायन्स क्लब, रामधुनी जेसिस, रामधुनी माविलगायतका विभिन्न संघ संस्थाहरुको सहभागिता थियो ।
ऐतिहासिक पर्यटकीय स्थलको रूपमा परिचित रामधुनी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने उद्देश्यले सरसफाइ गरिएको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले जानकारी दिएका छन् ।
मन्दिरको सरसफाईमा नगरको मुख्य चासो रहेको र मन्दिर परिसरमा प्रत्येक साता नगरपालिका कार्यालयले सरसफाई गर्ने गरेको नगरपालिकाकी उपप्रमुख तारा थापाले बताएकी छिन् ।