कुवेतमा ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमारको निधन

न्युजलय १५ साउन २०८३, शुक्रबार ११:५४ मा प्रकाशित

काठमाडौं । कुबेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ ।

कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । उनको मृत्युबारे बिहीबार नै सञ्चार माध्यमहरुमा आइसकेको थियो ।

राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढाइने जनाएको छ।