आजको सुनचाँदीको मूल्य

न्युजलय १४ असार २०७९, मङ्गलबार ११:३१ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुन चाँदीको मूल्य स्थिर छ।

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।