उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने सडक त्रियुगा नदीमा आएको बाढीले बगाएको छ ।
आइतबार भारी वर्षाका कारण नदीमा आएको बाढीले सडक बगाएको हो । बाढीले सडक बगाएपछि सिवाई,सुन्दरपुर र बेल्हाका स्थानीयहरू वारपार गर्न थप समस्यामा परेका छन् ।
स्थानीयहरू दैनिक जाने बेल्टार बजार आउजाउ गर्न थप कठिनाइ हुने चौदण्डी नगरपालिका– ५का वडाध्यक्ष तुलसीराम ढकालले बताए ।
२ वर्षअघि यही ठाउँमा निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो ।