ड्युटीकै क्रममा बेहोस भएका सहायक हवल्दारको निधन

न्युजलय ९ भदौ २०८१, आइतबार ०२:०९ मा प्रकाशित

संखुवासभा । ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ।

मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए । उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आईतबार पोष्टमार्टम गरिने छ । 

पोष्टमार्टमपछि उनको घर सोलुसम्बु लगेर परिवारलाई शव बुझाईने बताइएको छ।