सुरेन्द्र सहयात्रीका दुई गजल

सुरेन्द्र राई २९ मङ्सिर २०७८, बुधबार ०१:२० मा प्रकाशित

गजल–१

सम्पती र अनुहारमा माया लाइन्दैन प्रिय

बाचुनजेली साथ दिनु अरु चाइन्दैन प्रिय


डुबि रहे केवाल तिम्रो सम्झनाको गहिराइमा

तिम्रो  याद बिना  त  गित  गाइन्दैन  प्रिय


संघर्षको बातो नछुद्नु कहिले पनि जिन्दगिमा

सधै एक अर्का मिलेर बसे दुख पाइन्दैन प्रिय


वर पिपल भाकी राखे दिगो हुन्छ प्रेम भन्छ

बिस्वास नभए त कसम खाइन्दैन प्रिय


गजल –२

किन तिमी बिना यो सास पनि छुटे जस्तो लाग्छ

तिमिलाई  दुःख  पर्द मेरो मुटु फुटे जस्तो लाग्छ


मायाको सम्मान र सोभा नभाएको देख्दा

मुना र मदनको सम्बन्ध टुटे जस्तो लाग्छ 


सबैले परम्परा भेसभुसा बिर्सेपछी याहा

आफ्नो लिपि र ईतिहास धुटे जस्तो लाग्छ


धर्म भन्दा प्यारो भएछ मान्छेहरुको स्वार्थ

सिताले आफनो रामलाई नै कुटे जस्तो लाग्छ


गजलकार सुरेन्द्र राई ‘सहयात्री’

ठेगानाः हतुवागढी–६ होम्ताङ, भोजपुर

हालः बुद्धशान्ती–२, झापा