साफ यू–१९ महिला फुटबलः पहिलो हाफमा नेपाललाई ३–० को अग्रता

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ०९:४५ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबलको दोस्रो खेलमा श्रीलंकासँग खेलिरहेको छ । खेलको पहिलो हाफमा नेपालले ३–० को अग्रता लिएको छ ।

खेलको सुरुवातमै नेपालका लागि रश्मी कुमारी घिसिङले गोल गरिन् । खेलको सातौं मिनेटमा सबिता रानामगरले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । 

खेलको ४३औं मिनेटमा मेनुकाकुमारी आलेमगरले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी छिन् । नेपालले पहिलो खेल बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।