इन्डोनेसिया भूकम्पः २० जनाको मृत्यु

न्युजलय ३० साउन २०८३, शनिवार ०२:१५ मा प्रकाशित

काठमाडौं । इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पमा परी अन्य धेरै मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भूकम्पपछि सो क्षेत्रमा लगातार पराकम्पहरू महसुस गरिएका छन् ।  घटनाको शुरूआतमै तटीय क्षेत्रहरूका लागि सुनामीको चेतावनी जारी गरिएको थियो, जसलाई केही घण्टापछि हटाइएको छ । 

यद्यपि, अधिकारीहरूले नागरिकहरूलाई सुरक्षित स्थानमा नै रहन आग्रह गरेका छन्।

भूकम्पले केही भवनहरू भत्किएका र क्षतिग्रस्त भएको देखिएको छ ।