धनकुटामा युवती मृत फेला

न्युजलय १७ बैशाख २०८१, सोमबार ०८:५७ मा प्रकाशित

धनकुटा । धनकुटामा २६ वर्षिया महिला मृत फेला परेकी छिन् । धनकुटा ७ मा प्रज्ञा बाराकोटी आफ्नै माइती घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । 


उनका बुवा तुलसी बारकोटीले मदनचोकमा पुस्तक पसल सञ्चालन गर्दै आएका छन् । दिउँसो बुबाले पसल जाउ भन्दा नमानेर घरमै बसेकी उनी साँझ गेट बन्द गरेर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।


मृतक श्रेष्ठका श्रीमान रोशनले मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका छन्। उनीहरूका ७ वर्षीय छोरा छन् ।