इटहरीमा पुराना बामपन्थी नेता ओम कोइरालालाई नागरिक अभिनन्दन

न्युजलय २३ असोज २०७८, शनिवार ०८:२३ मा प्रकाशित

इटहरी । आज इटहरीमा पुराना बामपन्थी नेता ओम कोइरालालाई नागरिक अभिनन्दन गरिएको छ ।

बामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका नेता सुवास नेम्वाङले नेपाली काँग्रेसको सभापति देउवा नेतृत्व गठवन्धनको सरकारले आर्थिक विधेयक जवरजस्ती पास गरेको बताएका छन् । 

नेता नेम्वाङले एमालेले संसद भवनमा विरोध गर्दागर्दै जबरजस्ती विधेयक पास गराएको र नेकपा माओवादी केन्द्र तर्फ इकिंत गर्दै द्वन्द कालमा लुटपाट गरेर राखिएका धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आरोप लगाए । 

कार्यक्रममा इटहरीका पुराना बामपन्थी नेता ओम कोइराला नेकपा एमालले अभिनन्दन गर्दै उनले “लेखेको राजनितिक जीवन यात्रा र राजनितिक लेखहरु” दुई पुस्तक समेत विमोचन गरिएको छ ।