काठमाण्डौ । आज (शुक्रबार) सेयर बजारको उकालो यात्रामा निरन्तरता देखिएको छ । मंगलबारदेखि लगातार बढेको बजारले आज पनि उकालो यात्रालाई नै निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको छ । नेप्से ०.४० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.७७ अंकले बढेर ३८५.९१ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।