काठमाडौँ । बिहिबार (आज) सुनको मुल्य प्रतितोला १२ सय रुपैँयाले बढेको छ ।
बुधबार प्रतितोला ९१ हजार ६०० रुपैँयामा कारोबार भएको छापाबाल सुनको मुल्य आज ९२ हजार ८०० रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघ अनुसार हिजो प्रतितोला ९१ हजार १०० रुपैँयामा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार हुने छ ।
यस्तै, आज चाँदीको मुल्य पनि प्रतितोला २५ रुपैँया बढेको छ । हिजो प्रतितोला एक हजार १४५ रुपैँयामा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १७० रुपैँयामा कारोबार हुने महासंघ जनाएको छ ।