काठमाडौँ । देशका विभिन्न ठाउँमा आज (आइतबार) वर्षा भइरहेको छ। काठमाडौँ र पश्चिम नेपालमा भीषण वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षा भए पनि सोमबारदेखि मौसममा सुधार आउने छ। विभागले आज रातिदेखि कम हुँदै भोलि (सोमबार( देखि मौसममा उल्लेख्य सुधार आउने भएको छ।
हाल उक्त मौसमी प्रणाली बिस्तारै कमजोर बन्दै गएको भए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ।