बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत फेला

न्युजलय १२ कार्तिक २०८१, सोमबार १२:२० मा प्रकाशित

काठमाडौँ। दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत भेटिएका छन् ।

नाबालिका बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका मगर आज बिहान मृत भेटिएका हुन्।

आफैंले लगाएको कपडाको पासो लगाएर जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा भेन्टिलेसनमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

उनीमाथि गत असोज २४ गते पिङ खेल्न आएकी नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ ।