इटहरीमा लेवल नराखी बेकरीजन्य सामाग्री उत्पादन गर्ने एक उद्योगमा तालाबन्दी

न्युजलय ३२ बैशाख २०८१, मङ्गलबार ०१:३२ मा प्रकाशित

इटहरी । इटहरीमा लेवल नराखी बेकरीजन्य सामाग्रीहरू उत्पादन गर्ने गरेको पाइएको छ ।

इटहरी उपमहानगरले बजार अनुगमनका क्रममा लेवल नै नराखीकन बेकरीजन्य सामाग्री उत्पादन गरिरहेको पाइएको जनाएको हो ।

सोमबार उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा इटहरी–६ मा रहेको न्यू मोर्डन पाउरोटी उद्योगले विना लेवल बेकरी सामाग्रीहरू बिक्री गरेको भेटिएपछि सो पसलमा ताला लगाइएको छ ।

न्यू मोर्डन पाउरोटी उद्योग इटहरी–६ ,ओम श्री गुरु पाउरोटी उद्योग इटहरी–६, विष्णु पाउरोटी उद्योग इटहरी–९, मयुक बेकरी एण्ड केक सप इटहरी ९ , सुशीला किराना पसल इटहरी–९ र सुरेन्द्र मार्केटिङ्ग इटहरी–६ गरि ६ वटा बेकरी उद्योगहरूमा अनुगमन गरिएको उपमहानगरले जनाएको छ ।

अनुगमनको क्रममा एउटा उद्योगमा ताला लगाइएको र ४ वटा उद्योगहरूलाई कागज पत्रसहित उपस्थित हुन निर्देशन दिइएको इटहरी उपमहानगरपालिकाका सूचना अधिकृत ओशन चौधरीले बताए ।

बजार अनुगमनका क्रममा भेटीएका ५० थान बेकरीहरू नष्टसमेत गरिएको उनको भनाइ छ ।