चोरी अभियोगमा पक्राउ परेका नौ जना सार्वजनिक

न्युजलय १० कार्तिक २०८०, शुक्रबार ०७:४२ मा प्रकाशित

इटहरी । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ । 


पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेका छन् । 


दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।