काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । कतारमा विहीबार बिहान सकिएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक÷एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पायो ।
खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो ।
अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।