नेप्सेमा गिरावट

न्युजलय ३१ कार्तिक २०८२, आइतबार ०९:५७ मा प्रकाशित

काठमाडौँ । आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक आइतबार ५ दशमलव १५ अंकले घटेर २५४०दशमलव५७ अंकमा झरेको छ ।

नेप्सेमा सामान्य अंकले गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । 

बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ ।