त्रिभुवन आर्मीको दोस्रो जित, कोशी प्रदेश ९ विकेटले पराजित

न्युजलय ४ माघ २०८०, बिहिबार ०६:५४ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा दोस्रो जित निकालेको छ।  आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित निकालेको हो। 

कोशी प्रदेशले दिएको ८९ रनको झिनो लक्ष्य आर्मीले ९.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि ओपनर इमरान शेख र सन्तोष कार्कीले ८.३ ओभरमा ६९ रनको साझेदारी गरेपछि आर्मी सहज जिततर्फ अघि बढेको थियो।