उदयपुरको सिसौलीघाटबाट दुई सय ८० किलो गाँजा बरामद

न्युजलय २० जेठ २०८१, आइतबार ०१:०३ मा प्रकाशित

 उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ सिसौलीघाटबाट दुई सय ८० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरले एरिया गस्ती गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्ता गाँजा बरामद गरिएको हो ।

गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि भेटिएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको प्र्रहरीले बताएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।