उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले बाहिरबाट आयात गरिने मदिरा, पेय पदार्थ र चुरोट अनि गुटखामा प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाको अध्यक्ष मेजरकुमार राईको अध्यक्षतामा वसेको १८ औं कार्यपालिका बैठकले यस्तो प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाभित्र अन्यत्रबाट आयात गरिने वियर, रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्ती जन्य चुरोट, गुड्खा आदि सिसाजन्य मदिरा तथा अन्य पेयपदार्थहरु प्रतिबन्ध लगाएको हो ।
यस्ता सामाग्रीको सेवनले जनस्वास्थ्यका साथै स्थानीय अर्थतन्त्रलाईसमेत कमजोर बनाउने भएकोले प्रतिबन्ध लगाइएको जनाइएको छ ।
‘लिम्चुङबुङवासीहरुलाई रोगबाट बचाउन, आर्थिक सुधार गर्न, विघटनोन्मुख गाउँलाई बचाउन, महिला तथा घरेलु हिंसाबाट उन्मुक्ति दिन आदिको निम्ति मिति २०८१ सालको अशोज १५ गते देखि लागु हुने गरि यी र यस्ता बस्तुहरुलाई आयात विक्रिवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ निर्णय गरिएको छ ।