धनकुटामा सब्जी बोक्ने ट्रकमा गाँजा तस्करी

न्युजलय ३० साउन २०८१, बुधबार १२:०७ मा प्रकाशित

विराटनगर । धनकुटामा सब्जी बोक्ने ट्रकबाट गाँजासहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । 

धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना ८ ख १२६८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक भित्र सब्जीले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ सय ३६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।

गाँजा बरामद गरेसँगै ट्रक र चालक धनकुटा पाख्रीबास नगरपालिका–१० का २६ बर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ । 

सिधुवाबाट तरकारी बोकेर धरान तर्फ आउदै गरेको ट्रकमा शंका लागि चेकजाच गर्दा सो परिमाणको गाँजा बरामद भएको भेडेटार प्रहरीले जनाएको छ ।