अफगानिस्तानमा भएको सवारी दुर्घटनामा ७३ जनाको मृत्यु

न्युजलय ४ भदौ २०८२, बुधबार ११:२१ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये १७ बालबालिका रहेका छन् ।

दुर्घटनामा परेका अधिकांश मानिसहरू इरानबाट निष्काशन गरिएका अफगानी प्रवासीहरूलाई लगिँदै गरेको बसमा सवार रहेको बीबीसीले जनाएको छ ।

तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले काबुल जाँदै गरेको बसमा आगो लागेको बताएका छन् ।

बसमा सवार सबै यात्रुको मृत्यु भएको र बससँग ठोक्किएका अन्य दुई सवारी साधनमा सवार दुई जनाको पनि मृत्यु भएको छ ।