प्रेमी राहुलसँग विवाह गर्दै पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ

न्युजलय १९ असार २०७९, आइतबार ०१:३२ मा प्रकाशित

काठमाडौं । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाधिने भएकी छिन् ।

२०१० की मिस नेपाल श्रेष्ठले आगामी मंगलबार प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् ।

उनले नेवारी परम्पराअनुसार विवाह गर्ने जनाइएको छ । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

उनीहरुको विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र बोलाइने बताइएको छ।