७ फिट लामो अजिङ्गर भेटियो

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०७:२३ मा प्रकाशित

कन्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट सशस्त्र प्रहरीले सात फिट लामो अजिङ्गर उद्धार गरेको छ । 

बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले अजिङ्गर भेटेको थियो । अजिंगरको जिवितै उद्धार गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । 

अजिङ्गरलाई वन रक्षक महेन्द्र कँडेलको टोलीले बुझेर सुरक्षित स्थानमा छाडेका छन् ।