काठमाडौं । बिहीबार(आज) सुनको मूल्य स्थिर रहेको छ ।
बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि सोही मूल्य कायम भएको हो ।
तर, यता चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा झरेको हो ।