सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

न्युजलय १९ मङ्सिर २०७९, सोमबार १२:४१ मा प्रकाशित

काठमाडौं । सेनेगलमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अल बयात स्टेडियममा इंग्ल्यान्डले सेनेगललाई ३–० ले पराजित गरेको हो।


इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे। खेलको ३८ औं मिनेटमा हेन्डरसनको गोलमा इंग्ल्यान्डले अग्रता बनाएको थियो।


दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले गरे भने तेस्रो गोल खेलको ५७ औं मिनेटमा साकाले गरे। यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।