सुनको मूल्य बढ्यो

न्युजलय ८ मङ्सिर २०७९, बिहिबार ०६:०४ मा प्रकाशित

काठमाडौं । बिहीबार(आज) सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापा वाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।