उदयपुरमा आगलागीबाट २१ बाख्रा जलेर नष्ट

न्युजलय २ कार्तिक २०७८, मङ्गलबार ०१:५१ मा प्रकाशित

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ ।


सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठी जलेर नष्ट भएको प्रहरी चौकी साउनेले जनाएको छ ।


आगलागीबाट बाख्राको गोठ जलेर खरानी भएको पीडित राईले जानकारी दिए । बिहान १ बजे लागलागी भए पनि आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट करिब २ लाख २६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।