मंसिर १ गते बाट विद्युत महसुल घट्ने

न्युजलय १० कार्तिक २०७८, बुधबार ०२:३७ मा प्रकाशित

काठमाडौं । सरकारले मंसिर १ गतेदेखि लागु हुने गरि विद्युत महसुल घटाउने भएको छ । 

विद्युत नियमन आयोगको बैठकले मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने निर्णय गरेको हो ।

आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपत गर्ने सेवाग्राहीलाई लक्षीत गरेर विद्युत महसुल घटाएको जनाएको छ । 

 आयोगले मासिक २० युटिनसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय पनि गरेको छ । 

आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निः शुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो ।