किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

न्युजलय १८ फाल्गुण २०८०, शुक्रबार १२:१२ मा प्रकाशित

विराटनगर । मोरङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका २ का २२ वर्षीय अभिषेक श्रेष्ठ छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले ती किशोरीलाई मंगलवार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।