जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने

न्युजलय ३ पुस २०७८, शनिवार ०२:३९ मा प्रकाशित

काठमाण्डौ । हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् । 

केही समय अगाडि एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले नयाँ शो ल्याउन लागेका हुन् । शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताए ।

‘अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन फाइनल हुने बित्तिकै आउँछ ।’ यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए ।

जीतुले शोमा रहने कलाकार, ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत दिने सोच बनाएका छन् । 

‘मुन्द्रेको कमेडी क्लब’ शो का कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उक्त कार्यक्रम उनले केही अगाडि बन्द गरेका थिए ।