‘मेमोरी किङ’ अर्पणले राखे दोस्रो विश्व कीर्तिमान

न्युजलय ६ कार्तिक २०७९, आइतबार ०७:२८ मा प्रकाशित

काठमाडौं । ‘मेमोरी किङ’ अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वर्ल्ड बुक अफ रेकर्डस्’ कार्यालयबाट नेपाल आएलगत्तै सार्वजनिक गरेका हुन्। 


पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। १ मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान, साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन्। 


शर्माले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए।