जमानी बसेकी पुर्व सभामुख ओनसरीको नाममा सहकारीले निकाल्यो सुचना

न्युजलय ९ असार २०८०, शनिवार ०९:१३ मा प्रकाशित

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीमगरविरुद्ध सहकारीले तीन पुस्तेसहित १५ दिने सुचना निकालेको छ । 

ललितपुरस्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाबाट काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने केशव रावलले कर्जा लिँदा पूर्वसभामुख ओनसरी घर्ती मगर जमानी बसेकी थिइन् । लिएको ऋण समयमा नतिरेपछि ऋणको सावाँ, ब्याज र अन्य दस्तुर तिर्न सहकारीले २०७९ कात्तिक ५ गते २१ दिने सूचना प्रकाशित गरेको हो ।


१५ दिनभित्रमा संस्थालाई बुझाउनु पर्ने बाँकी रहेको सम्पूर्ण रकम चुक्ता नगरे सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली अनुसार ऋणी र व्यक्तिगत जमानी बस्ने व्यक्तिको चल–अचल सम्पत्तिबाट र कानुन बमोजिम निजहरुको घर–घरानाबाट समेत असुल उपर गर्ने सहकारीले जनाएको छ ।