नोबेल अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

न्युजलय ६ भदौ २०८१, बिहिबार १२:३० मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा बुधबार सालनालसहितको नवजात शिशुलाई मृत फेला पारिएको छ ।

अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ  ।

अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शिशु कसले जन्माएर फालेको हो भन्ने हालसम्म यकिन भइनसकेको छैन । यद्यपि, घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।