काठमाडौं । फिलिपिन्समा बुधबार बिहान ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस( का अनुसार भूकम्पको केन्द्र फिलिपिन्सको सान्टियागो नजिकै रहेको थियो । यूएसजीएसले भूकम्पको म्याग्निच्युड ६.४ पनि मापन गरेको छ ।
भूकम्पको केन्द्र सहरबाट करिब २७ किलोमिटर पूर्वमा रहेको बताइएको छ । भूकम्प बिहानै गएको भए पनि केही सेकेन्डसम्म कडा धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भूकम्पपछि फिलिपिन्सको विपद् व्यवस्थापन निकायले अहिलेसम्म कुनै सुनामी चेतावनी जारी नगरिएको स्पष्ट पारेको छ ।