काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधानले यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ को उपाधि पाएकी छिन् । शनिबार हिडन ट्रेजरले गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी हुन् ।
पूर्व मिस नेपाल प्रियंका रानी जोशीले प्रधानलाई क्राउन पहिरिदिएकी हुन् । प्रधानले मिस डिएचआइको सह उपाधि पनि जितेकी छन् ।
‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने २५ वर्षीया प्रसिद्धि शाहले जितिन् । उनी पहिलो मिस नेपाल रुवी राणाकी छोरीसमेत हुन् । कार्यक्रममा उनले ‘मिस पपुलर चोइस’को उपाधिसमेत जितिन् । त्यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि भने रैना मजगैयाले जितिन् । मिस कन्फिडेन्टको उपाधि प्रज्ञा बज्राचार्यले जितिन् ।