काठमाडौँ । बिहीबार(आज) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।