विद्यार्थीले बनाए विशेष हेल्मेट, चालकले रक्सी पिएमा मोटरसाइकल स्टार्ट नहुने

न्युजलय २६ मङ्सिर २०७९, सोमबार ०२:५९ मा प्रकाशित

काठमाडौं । भारतको राँचीस्थित एक विद्यालयका विद्यार्थीहरुले एउटा गज्जबको हेल्मेट तयार गरेका छन् । यो हेल्मेटले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउन रोक लगाउनेछ ।

उक्त हेल्मेटमा एउटा विशेष चिप जडान गरिएको छ । उक्त चिपका कारण सो हेल्मेट लगाएर बाइक चलाउने व्यक्तिले यदि रक्सी पिएमा बाइक नै स्टार्ट हुनेछैन ।

चारजना विद्यार्थीहरुले तयार पारेको उक्त सेन्सरवाला हेल्मेटको प्रोटोटाइपले निकै चर्चा कमाएको छ । विद्यार्थीहरुले हेलमेट नै नलगाइकन तथा राम्रो ढंगले नलगाउँदा समेत बाइक स्टार्ट नहुने गरी अर्को चिप समेत विकास गर्ने योजना बनाएका छन् ।