सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

न्युजलय २२ साउन २०८१, मङ्गलबार १२:५४ मा प्रकाशित

इटहरी । सुनसरीमा पाँचजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् भने चारजना घाइते भएका छन् ।

सोमबार दिउँसो सुनसरीको हरिनगर गाउँपालिका–७ स्थित भित्री सडकखण्डमा पाँचजना सवार मोटरसाइकल दुर्घटना भएको हो ।

खान चौकबाट भुजा मिलतर्फ जाँदै गरेको स ४ प १३७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीय नेश्नल आईडिएल स्कुलबाट बच्चा घरतर्फ लैजाने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार ६ वर्षीया सजिया खातुन गम्भीर घाइते भएका छन् । यसैगरी मोटरसाइकल चालक हरिनगर ७ बस्ने १८ वर्षीय एफुजुल्ला मियाँ, सोही मोटरसाइकल पछाडि सवार १७ वर्षीय हेजेतुल्ला मियाँ, १० वर्षीय ईदायक तुल्ला मियाँ र ८ वर्षीया हुजा खातुन घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण दुर्घटना भएको र चालकको हालसम्म कागजपत्रसमेत नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।