सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि शनिबार साँझ ६ बजेदेखि गोल्डकपअन्तर्गतको पहिलो खेल खेलिनेछ । त्यसअघि उद्घाटन सत्र सञ्चालन हुने आयोजक राष्ट्रिय जागृती क्लबले जानकारी दिएको छ ।
यसवर्षदेखि रात्रिकालीन समयमा सुरु गरिन लागेको गोल्ड कपको लाइटलगायत सम्पूर्ण तयारी पुरा भएको संयोजक अनुरोध थापाले जानकारी दिए । शनिबार हुने उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुदैछ ।
एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीयसहित नेपालका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।