काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो।
एपिएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो। समूह चरणका ६ खेल जितेको एपिएफले क्वालिफायर र फाइनलमा पनि उत्कृष्ट खेल देखाउन सफल भयो।