घट्यो सुनको मूल्य

न्युजलय २६ असोज २०८३, सोमबार ११:३५ मा प्रकाशित

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।