विराटनगर । तेह्रथुममा आगलागीबाट १९ घर जलेर नष्ट भएका छन्।
फेदाप गाउँपालिका १ सिम्लेमा आइतबार भएको आगलागीबाट दिउँसोसम्म १९ घर जलेर नष्ट भएको बताइएको छ ।
पहाडी क्षेत्र र पानीको समस्या भएका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष मोहनबहादुर श्रेष्ठले बताए। आगलागीबारे थप विवरण आउन बाँकी छ।