रचना–राजनको स्वरमा सन्तोष–देवीको अभिनयको चर्चा (भिडियो)

न्युजलय ११ कार्तिक २०८०, शनिवार ०८:१८ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” ले दर्शकहरुको प्रसंसा पाएको छ । गत फूलपातीका दिन सार्वजनिक भएको गीतमा स्वर र शब्दको साथै यही गीतबाट अभिनय यात्रा सुरु गरेका सन्तोष दाहाल र देवी त्रिपाठीको अभिनयको समेत प्रसंसा दर्शकहरुले गरेका छन् ।


दुवै श्रीमान श्रीमती हुन् भने दुवैको यो पहिलो म्युजिक भिडियो हो । दाहाल पेशाले ग्राफिक डिजाइनर तथा पत्रकार हुन् । उनले आफ्नै युट्युब च्यानल युट्युब च्यानल मुनलाइट मिडियाबाट गीत सार्वजनिक गरेका छन् । 


डा. खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, संगीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.ले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ ।


नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । 


भिडियो -