आज बडादशैँको पाँचौं दिनः देवी स्कन्दमाताको पूजा आराधना गरिँदै

न्युजलय २९ असोज २०८३, बिहिबार ०५:३७ मा प्रकाशित

 काठमाडौं । अर्थात बडादशैँको पाँचौं दिन देवी स्कन्दमाताको पुजा आराधना गरिँदैछ ।

स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ । स्कन्दमाताका तीन आँखा र चार हातहरु छन् । वर्ण पूर्णतः शुभ कमलासनमा विराजमान भएकी स्कन्दमाताको वाहन सिंह हो ।

यी मातालाई पद्मासन देवी पनि भनिन्छ । यीनका पुत्र स्कन्द माताको काखमा बसेका छन् । शास्त्रहरुमा देवी स्कन्द माताको आराधनाको महत्व धेरै रहेको छ । यी देवीको उपासना गर्नाले भक्तहरुको समस्त इच्छाहरु पूरा हुनुको साथै भक्तहरुलाई मोक्ष प्राप्त हुन्छ ।

सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकी कारण यीनको उपासक अलौकिक तेज र कान्तिमय हुन्छ ।, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।