घट्यो सुनको भाउ

न्युजलय ४ कार्तिक २०७९, शुक्रबार ०४:५० मा प्रकाशित

  काठमाण्डौ । शुक्रबार (आज) सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

आज चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।