इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय ११ असार २०८१, मङ्गलबार १२:३५ मा प्रकाशित

सुनसरी। सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ लौकी घर भई इटहरी –१३ स्थित रिलायन्स फर्मा पोली प्रालि मिनिरल वाटर बोतल बनाउने कम्पनीमा काम गरी बस्ने २७ वर्षीय अर्जुन कुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो । 

सोही कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।