चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु

न्युजलय ३ भदौ २०८२, मङ्गलबार ०३:१३ मा प्रकाशित

काठमाडौँ  । चितवनमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। 

गत साउन २३  देखि भदौ ३ गतेसम्म नमुना परीक्षणमा नौ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएकामा यीमध्ये तीन संक्रमितको मृत्यु भएको हो। 

जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। 

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने लक्षण जापानिज इन्सेफ्लाइटिसका लक्ष्ण हुन्।